दार्चुलाका ९ वटै स्थानीय तहको मतगणना जारी छ।
मतगणना जारी रहँदा चार पालिकामा गठबन्धनले अग्रता लिएको छ।
पछिल्लो सार्वजनिक तथ्यांक अनुसार मार्मा गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकामा गठबन्धनको अग्रता छ।
यस्तै जिल्लाको दुहुँ गाउँपालिका-१ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार जितबहादुर बमसहित पुरै प्यानल विजयी भएको छ।
शैल्यशिखर नगरपालिका-१ मा नेकपा एमालले जितेको छ।
यस्तै मालिकार्जुन गाउँपालिकामा नेकपा एमालले अग्रता लिएको छ।
नौगाड गाउँपालिका-१ मा गठबन्धन, २ मा एमालेले विजयी भएको छ।
यस्तै व्यास गाउँपालिका-१ मा एमालेका असोक सिंह बोहराको प्यानलसहित विजयी भएको छ।
लेकम गाउँपालिका-१ मा एमाले, मालिकार्जुन गाउँपालिका-१ र २ मा एमाले विजयी भएको छ।
यस्तै मार्मा गाउँपालिका-१ मा गठबन्धनका कालु सिंह ठगुन्ना प्यानलसहित विजयी भएका छन्।
जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका एमालेको अग्रता रहेको छ। वडा नम्बर १ मा एमालेले जित हासिल गरेको छ। जिल्लाका अरू ठाउँको मतपरिणाम आउने क्रम जारी छ।