जाजरकोटको भेरी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले अग्रता लिएको छ।
वडा नम्बर १ र १३ को मतगणना भइसक्दा मेयरमा कांग्रेस–माओवादी गठबन्धनबाट मेयरका उम्मेदवार माओवादीको गठन खड्काले ७३७ मत पाएका छन्।
नेकपा एमालेका मेयरका उम्मेदवार चन्द्रप्रकाश घर्तीले ६७८ मत पाएका छन् भने सवतन्त्र उम्मेदवार दीपेन्द्र शाहीले ६ मत ल्याएका छन्।
यस्तै उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सीता जैसीले ७९४ मत ल्याएकी छन्। एमालेका उम्मेदवार सावित्रा चन्दले ६८२ मत पाएकी छन्।
भेरीमा कांग्रेस र माओवादीबीच गठबन्धन भएपछि कांग्रेसले कर्णाली प्रदेश सभापति सनत कार्कीको मेयरको उम्मेदवारी खोसेको थियो।
भेरीमा नेकपा (एकीकृत समाजवादी) बाट मेयरका उम्मेदवार कमानबहादुर खड्का र उपमेयरका उम्मेदवार सरस्वति चन्द तेस्रोमा छन्। भेरी नगरपालिका–१३ को वडा अध्यक्षमा कांग्रेसका यज्ञ बटाला निर्वाचित भएका छन्।