सुनसरीको इटहरी उपमहानरपालिका प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले सुरूवाती अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार पौडेलले ४७६ मत पाएका छन्। उनलाई नेकपा एकालेका याम सुब्बाले पछ्याइरहेका छन्। सुब्बाले ३०९ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमालेले अग्रता कायमै राखेको छ। एमालेकी संगीता कुमारी चौधरीले ३४९ मत पाएकी छन् भने सत्ता गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका केशवकुमार विष्टले ३१३ मत पाएका छन्।