पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले सुरूआती अग्रता लिएको छ।
वडा नम्बर १ मा भनिएको ५० मत मध्ये गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले २३ मत पाएका छन्।
उनलाई नेकपा एमालेका कृष्ण थापाले २२ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै उपमेयरमा पनि गठबन्धनले सुरूआती अग्रता लिएको छ। गठबन्धनका उम्मेद्वार कोपिला रानाभाटले २२ मत पाएकी छन् भने एमालेकी मञ्जुदेवी गुरूङले २० मत पाएकी छन्।