बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ।
प्रारम्भिक मत गणनाको परिणामअनुसार एमालेका मेयर उम्मेदवार विनोद साहले १ सय २३ मत ल्याएका छन्।
नेपाली कांग्रेसका राजेश राय यादवले ६९ मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा एमालेका रौशन प्रवीणले १ सय ५ मत ल्याएका छन्।
जसपाका प्रमोद गुप्ताले ६७ मत ल्याएका छन्। कलैयामा सत्तागठबन्धनको तर्फबाट कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दिएको हो।