बाजुराको बुढीगंगामा निर्वाचन अधिकृतले राजीनामा दिएका छन्।
बुढीगंगा नगरपालिकाका निर्वाचन कार्यालयमा खटिएका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा दिएका हुन्।
आफू असुरक्षित रहेको भन्दै उनले राजीनामा दिएको बताएका छन्। उनले निर्वाचन आयोगमा राजीनामा पठाएका हुन्।
आफू असुरक्षित रहेको र हुलहुज्जत हुन सक्ने भन्दै उनले राजीनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए।