बाराको जितपुर सिमरा उपमहानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता कायमै राखेका छन्।
माओवादीका पौडेलले १ हजार ६ सय ७७ मत ल्याएका छन्।
एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीले १ हजार ३५ मत ल्याएकी छन्।
लोसपाका सञ्जयकुमार साहले ६ सय ४६ मत ल्याएका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले १ हजार ७ सय ५५ मत ल्याएकी छन्।
एमालेका भोला अधिकारीले १ हजार ७७ मत ल्याएका छन्।
लोसपाका बिपी मोक्तानको ६ सय ४४ मत आएको छ। २०७४ को निर्वाचनमा जितपुर सिमरामा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो।