नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार चिरिबाबु महर्जनले अहिलेसम्म ५० प्रतिशत बढी मत पाएका छन्।
शनिबार साँझसम्म ४०० मत गन्दा उनले २१९ मत पाएका छन्। अर्थात् उनका पक्षमा ५४.७५ प्रतिशत मत आएको छ। उनका प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन्। उनको २४.२५ प्रतिशत मत आएको छ।
उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले ११४ मत पाएकी छन्।
गठबन्धन हुँदा ललितपुरमा नेपाली कांग्रेसले उम्मेदवार उठाएको छैन। तर पनि कांग्रेसले ७९ मत पाएको छ।
गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उठेका बाबुराज बज्राचार्यले भने ४० मत पाएका छन्।