काठमाडौं महानगरको मेयरमा लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहँदा छिमेकी बुढानिलकण्ठमा पनि सोही चिन्हका अर्का उम्मेदवारले पनि उल्लेख्य मत ल्याएका छन्।
निर्वाचन आयोगका अनुसार बुढानिलकण्ठको मेयरमा अहिलेसम्म नेकपा एमालेका मीठाराम अधिकारीले १६४५ मत ल्याएर पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले १४१० मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार बनेका सुमित खरेलले ४०० मत ल्याएर तेस्रो स्थानमा छन्। उनको चुनाव चिन्ह पनि लौरो हो। मतगणना जारी छ।