सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै गएका छन्।
अहिलेसम्म १००० मतगणना गर्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन्।
उनलाई स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले २७५ मतसहित पछ्याइरहेका छन्।
एमालेबाट मेयरको उम्मेदवार मञ्जु भण्डारीले २०३ मत प्राप्त गरेकी छन्।
धरानको उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले २२७ मत प्राप्त गरेका छन् ।