सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन्।
तीन सय मत गणना हुँदा पौडेलले १७० मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले ८९ मत पाएका छन्।
राप्रपाका आकाश हाङ लिम्बुले १५ मत ल्याएका छन्।
उपमेयरमा एमालेकी संगीता चौधरीले १०७ मत पाएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशवकुमार बिष्टले ९० मत पाएका छन्।
राप्रपाकी बबिता चौधरीले १८ मत पाएकी छन्।
२०७४ मा इटहरीमा एमालेले मेयर र उपमेयर दुबै जितेको थियो।
मतगणना जारी छ।