विराटनगर, वैशाख ३१
नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाका नगर प्रमुख राप्रपाका उमेदवार राम थापालेले मतान्तर घटाउन थालेका छन्।
हालसम्म ८०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छन्। राप्रपाका थापाले ३६१ मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसकी रोगिना भट्टराईले ३५८ र एमालेका अम्बिका खनालले ३४० मत प्राप्त गरेका छन्।
दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ। एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, कांग्रेस र जसपाले गठबन्धन गरेका थिए।