झापाको भद्रपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेलले ६ सय ९३ मत ल्याएका छन्। दोस्रोमा रहेका एमाले उम्मेदवार असारू राजबंशीले ५ सय ५० मत ल्याएका छन्। यस्तै राप्रपाका नवराज पनेरूले ५ सय ३२ मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रका शिवकुमार भण्डारीले ६ सय ८४ मत पाएका छन्। राप्रपाका राधा कार्कीले ५ सय १३ मत पाएका छन् भने एमालेका कौशल्या अधिकारीले ५ सय २ मत ल्याएकी छन्।
२०७४ को निर्वाचनमा भद्रपुरको प्रमुख\उपप्रमुख दुवै एमालेले जितेको थियो।