बाजुराकाे हिमाली गाउँपालिकाकाे मतगणना स्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबिच विवाद हुँदा हवाई फायर भएको छ ।
शनिबार मतगणना स्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच धादली हुँदा हवाई फाएर गरिएकाे हाे ।
गाउँबाट मतगणना स्थलमा मतपेटीका ल्याउने क्रममा शिल भाचिएकाे विषयमा विवाद हुँदा अवस्था तनावग्रस्त भएपछि हवाई फाएर गरिएकाे प्रहरीले जनाएकाे छ ।
विवादले उग्ररूप लिदा नेपाल प्रहरीले ९ राउण्ड हावाई फायर गरेकाे जनाएको हाे ।