चितवनको भरतपुर महानगरपालिकासहित ५ स्थानीय तहमा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। दुई नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।
भरतपुर महानगरपालिकामा २०० गणना गर्दा एमालेका विजय सुवेदीले ८२ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले ६८ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन्।
कहाँ कसको अग्रता
राप्ती नगरपालिकामा २१०४ गणना हुँदा
एमालेका गोविन्दप्रसाद कँडेल- १०२३
एकीकृत समाजवादीका शमशेर लामा -७८१
इच्छाकामना गाउँपालिकामा १३२६ गणना हुँदा
एमालेका दानबहादुर गुरूङ-६२३
गठबन्धनबाट कांग्रेस गीता गुरूङ-५८१
माडी नगरपालिकामा १२०० गणना हुँदा
एमालेका ताराकाजी कुमारी महतो-५६४
गठबन्धनबाट माओवादी केन्द्रका ऋषी काफ्ले-४७३
कालिका नगरपालिकामा १३०० मत गणना गर्दा
एमालेका विनोद रेग्मी - ६४८
गठबन्धनबाट कांग्रेसका शिवराम केसी-५४३
खैरहनी नगरपालिकामा १६८६ मत गणना गर्दा
गठबन्धनबाट कांग्रेसका शशी खनिया-९०९
एमालेका लालमणि चौधरी-५०५
रत्ननगर नगरपालिकामा १७५ भोट गणना गर्दा
गठबन्धनबाट कांग्रेसका प्रल्हाद सापकोटा-१६१
एमाले-विमलादेवी दुवाडी ७३