जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन्।
साहले ३२९ मतसहित अग्रता कायमै राखेका हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवारले १२५ मत ल्याएका छन्।
जसपाले ४८, लोसपाले ५६, नेकपा एकीकृत समाजवादीले ५ मत ल्याएका छन्।
अहिलेसम्म नौ सय ६९ मत गणना गरिएको छ।
मनोज कांग्रेसबाट उम्मेदवार हुन नपाएपछि बागी उठेका थिए।