ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएको छ।
६९ मत गनिसक्दा माओवादी केन्द्रका उम्मेदवारले २५ मत पाएका हुन्।
नेकपा एमालेका उम्मेदवारले २१ मत पाएका छन्। यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारले पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार मत पाएको छ।
उपमेयरमा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेले २९ मत पाएको छ।
नेपाली कांग्रेसका उम्मेदवारले २४ मत पाएका छन्।