प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार पराजित भएका छन्।
यहाँ नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत शिवप्रसाद रेग्मीले वडाध्यक्षमा भण्डारी निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी रहेको सेतोपाटीलाई बताए।
यहाँ कांग्रेस बिपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो।
वडाध्यक्षमा निर्वाचित भण्डारीले छ सय ७३ मत र कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले पाँच सय ४४ मत ल्याएका छन्।