उदयपुरको वेलका नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अशोक कार्की ९ सय ९४ मतसहित पहिले स्थानमा छन्।
उनलाई नेकपा एमालेका दुर्गाकुमार थापाले ५ सय ५५ मतसहित पछ्याइरहेका छन्।
थापा यसअघि एमालेबाट मेयरमा निर्वाचित भएका थिए। उनले त्यतिबेला पनि कांग्रेसका अशोक कार्कीलाई नै पछि पार्दै मेयरमा निर्वाचित बनेका थिए।
उपमेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रका मनोज तामाङले ६ सय ८८ मतसहित अग्रता लिएका छन्।
उनलाई एमालेकी जिरा राईले ६ सय ३३ मतसहित पछ्याइरहेकी छन्। वेलकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ।