दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उदे कामी निर्वाचित भएका छन्।
कर्णाली प्रदेशमा नेपाल मजदुर किसान पार्टीले वडामा पहिलो खाता खोलेको हो।
नेमकिपाका कामीले ३१७ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीले ३१३, एमालेका लछिराम केसीले २९६, नेकपा माओवादी केन्द्रका शेरबहादुर पुलामी मगरले ९५ मत ल्याएका छन्।
वडा नम्बर १ को महिला सदस्यमा पनि नेमकिपाकी लाली सारु मगर निर्वाचित भएकी छन्। उनले ३०७ मत ल्याइन्।
कांग्रेसकी बसन्ता कुमारी रेग्मी र एमालेकी विमला मगरले २७९/२७९ मत ल्याएका छन्। माओवादीका सुर्जा मगरले १०० मत ल्याएकी छन्।
दलित महिला सदस्यमा एमालेकी सान्ताकुमारी विक, खुला सदस्यमा नेपाल मजदुर किसान पार्टीका गोरखबहादुर केसी निर्वाचित भएका छन्।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ। वडा नम्बर १ का १०९८ मत गन्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गणेशकुमार शाहीले ४२८ मत ल्याएका छन्।
नेकपा एमालेका सूर्यबहादुर शाहीले २६७, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर शाहीले २५६, नेकपा एकीकृत समाजवादीका मनिषा कार्कीले २, माओवादी केन्द्रका जगदिश शाहीले ३५ र राप्रपाका जय भण्डारीले १ मत पाएका छन्।
यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार ३६१, नेकपा एमालेका नन्दाकुमारी विष्टले ३०२, नेपाल मजदुर किसान पार्टीका राजकुमारी शाहीले २६६, नेकपा माओवादी केन्द्रका कमला थामी मगरले ४९ र नेकपा एकिकृत समाजवादी नमनकुमार शाही १ मत ल्याएका छन्।