रूपन्देहीको देवदह नगरपालिकामा मेयरका लागि नेकपा एमाले र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ।
अहिलेसम्म गणना भएको ९०० जनाको मत परिणामअनुसार एमालेका ध्रुव खरेलले ३१८ मतले अग्रता लिएका छन्।
कांग्रेसका हिरा केसी खरेल ४ मतले पछि छन्।
केसीले ३१४ मत प्राप्त गरेका छन्।
अहिले वडा नम्बर १, २ र ३ को मतगणना भइरहेको छ।