बाराको जितपुर-सिमरा उपमहानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले १ मतले अग्रता लिएका छन्।
माओवादीका पौडेलले ५ सय ६९ मत ल्याएका छन्। उनलाई लोसपाका सञ्जयकुमार साहले टक्कर दिएका छन्। साहले ५ सय ६८ मत ल्याएका छन्।
उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले ६ सय १० मत ल्याएकी छन्।
एमालेकी उपमेयर उम्मेदवार सरस्वती चौधरीले २ सय ७५ मत पाएकी छन्।