बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
एक सय ९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरेका छन्।
नेपालगञ्जमा नेकपा एमालेका मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत मात्रै प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार कमरुद्धिन राईले ६८, नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार शान्ति ढकालले २६ र राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत प्राप्त गरेका छन् ।
यो नेपालगञ्ज २३ नम्बर वडाको परिणाम हो। अहिले नेपालगञ्जमा एक र २२ वडाको पनि गणना सुरु गरिएको छ।