सल्यानको शारदा नगरपालिकामा एक हजार तीन सय मत गणना हुँदासम्म नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
कांग्रेसबाट मेयरका उम्मेदवार प्रकाश भण्डारीले पाँच सय८८ मत प्राप्त गर्दा उपमेयर सुस्मिता सापकोटा सुनारले चार सय ४४ मत प्राप्त गरेकी छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार माओवादीका मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले तीन सय २८ र समाजवादीका उपमेयर पदका उम्मेदवार रमेश गौतमले तीन सय ५६ मत प्राप्त गरेका छन्।
शारदामा एमालेका मेयरका उम्मेदवार मनोज प्रधानले तीन सय चार र उपमेयरका उम्मेदवार जालन भण्डारीले तीन सय ८२ मत प्राप्त गरेका छन्।