रूपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच बराबर मत छ।
अहिलेसम्मको मतपरिणाममा नेकपा एमाले र नेपाली कांग्रेसले बराबर मत पाएको हो।
दुबै दलका मेयर उम्मेदवारले ३८६ मत पाएका हुन्।
उपमयेरमा भने नेकपा एमालेका उम्मेदावर अगाडि छन्।
नेकपा एमालेका उम्मेदवारले ४१८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३८८ मत पाएका छन्।
यस्तै देवदह नगरपालिकामा नेकपा एमाले अगाडि छन्। एमालेका उम्मेदवारले १४६ मत पाएका छन्। एमालेका प्रतिस्पर्धी नेपाली कांग्रेसले ११६ मत पाएका छन्।