सुनसरीको धरान उपमहानगरमा गठबन्धन उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
दुई सय मत गन्दा गठबन्धनका मेयर उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले ७१ मत ल्याएका छन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५८ मत पाएका छन्।
एमालेकी उम्मेदवार मन्जु भण्डारीले ३६ मत पाएकी छन्।