मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी भएका छन्।
उनी ८ सय ७६ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित भएकी छिन्। उनी नेपाली कांग्रेसकी धेच आङमो गुरुङलाई पछि पार्दै विजयी भएकी हुन्।
ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा आङमोले ६ सय ७७ मत पाएकी छन्।