चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ।
मतगणना भइरहँदा मेयरका तीन प्रतिष्पर्धी भने कुम जोडेर बसेका छन्।
सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल, एमालेका विजय सुवेदी र कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेल सँगै बसेका हुन्।
अहिले वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना भइरहेको छ। भरतपुर महानगरपालिकामा ६८.८० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको थियो।