विराटनगर महानगरपालिकामा मतगणना सुरू गरिएको छ।
छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ।
महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताए।
विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ (६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।