बाराको जितपुर सिमरा उपमहानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले अग्रता लिएका छन्।
१२ सय १० मत गन्दा माओवादीका पौडेलले ५ सय ४३ मत ल्याएका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले ५ सय ४३ मत ल्याएकी छन्।
लोसपाका सञ्जयकुमार साहले ४ सय मत ल्याएका छन्।
एमालेकी मेयर मेयर उम्मेदवार सरस्वती चौधरीले २ सय ६७ मत पाएकी छन्।
मतगणना जारी छ।
जितपुर सिमरामा यसअघि मेयर एमालेले जितेको थियो।