चितवनको भरतपुर महानगरपालिकामा मतगणना केहीबेरमा सुरू हुने भएको छ।
अहिले दलहरूका प्रतिनिधिलाई परिचय पत्र दिने काम भइरहेको छ। मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले छिट्टै मतगणना सुरू हुने बताए।
भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी मेयर उम्मेदवार छन्।
कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।
यसअघिको चुनावमा भरतपुरमा माओवादीकी दाहाल विजयी भएकी थिइन्।