कञ्चनपुरमा चार वटा स्थानीय तहमा मतगणना जारी छ।
जसमा तीन स्थानीय तहमा कांग्रेस र एकमा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएका छन्।
बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादी केन्द्रका पोतीलाल चौधरीले ३८९, नेपाली कांग्रेसका हरेन्द्र विष्टले २४९ र एमालेकी कमला बोहराले २४५ मत प्राप्त गरेकी छिन्।
यस्तै दोधरा चाँदनीमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन्।
यस्तै बेलडाडी गाउँपालिकामा नेपाली कांग्रेसका हरिशचन्द्र रानाले ८८ मतसहित अग्रता लिएका छन्। एमालेका अक्कल विष्टले ५९ र माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ४३ मत प्राप्त गरेका छन्।
लालझाडी गाउँपालिकामा पनि कांग्रेसका श्रीकृष्ण रानाले ४६४ मतसहित अग्रता लिएका छन्। माओवादी केन्द्रका मदनसेन बडायकले ३४९ र एमालेका निर्मल रानाले २६६ मत प्राप्त गरेका छन्।
यस्तै, पुनर्बास नगरपालिका बाहेकका अन्य ४ पालिकामा शनिबार सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पुनर्बास नगरपालिका–१० मा मतदान स्थगित भएका कारण उक्त वडाको निर्वाचनपछि मात्रै मतगणना गरिने पुनर्बासको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।