काठमाडौं महानगरपालिकामा प्रतिनिधि राख्ने विषयमा उत्पन्न भएको विवाद मिलेको छ।
शनिबार बिहान बसेको सर्वदलीय बैठकमा दल तथा स्वतन्त्र उम्मेदवारहरूबीच सहमति भएको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए।
‘बैठक सकियो। गणनाहरू कसरी गर्ने भन्ने विषयमा पनि सहमति भएको छ,’ उनले भने, ‘अब गणना हुन्छ। एक स्वतन्त्र उम्मेदवारका एक प्रतिनिधि राख्ने कुरा पनि मिलेको छ।’
गएराति भएको बैठकपछि मेयरका उम्मेदवार बालेन शाहले प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए।