प्रारम्भिक मतपरिणाम अनुसार मोरङको ग्रामथान र मिक्लाजुङमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।
ग्रामथानको मेयरमा काङ्ग्रेसका जयप्रकाश गच्छदार थारूले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् ।
उपाध्यक्षमा काङ्ग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् ।
मिक्लाजुङको अध्यक्षमा काङ्ग्रेसका बबिकुमार राईले २०७ मत पाएका छन् भने उनलाई एमालेका नरेन्द्रप्रसाद ढुङ्गेलले १६१ मतसहित पछ्याइरहेका छन्।
उपाध्यक्षमा माओवादीका दिनेश पौडेलले १३७ मत ल्याएका छन् भने एमालेकी निर्मला राईले ५८ मत पाएकी छन्।
यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा दुवै पालिकामा एमाले विजयी भएको थियो।