नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
नेपाली कांग्रेसका राजन श्रेष्ठले १ सय ८७ मत ल्याएका छन् भने एमालेका सञ्जु पण्डितले १ सय ५९ मत ल्याएका छन्।
उपमेयरमा एमालेले अग्रता लिएको छ। एमालेकी अम्बिका पौडेलले १ सय ४३ मत ल्याउँदा माओवादी केन्द्रकी प्रभा बोगटीले १ सय ७ मत ल्याएकी छन्।
अघिल्लो निर्वाचनमा यहाँ एमालेले जितेको थियो।