रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।
मुसिकोट नगरपालिकामा ५९२ मतगणना गर्दासम्म नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। नगर प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले ३११ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका बसन्त शर्माले २२५ मत प्राप्त गरेका छन्।
मुसिकोटमा नेपाली कांग्रेस-एमालेबीच तालमेल भएको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि तालमेल गरेका छन्।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेका गठबन्धनका उम्मेदवार थलबहादुर वलीले २५६ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुनले १९१ मत पाएका छन्।