झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसका गणेश पोखरेलले सुरूआती अग्रता लिएको छ। हालसम्म २०० मत गणना हुँदा गठबन्धनका उम्मेदवार पोखरेलले ७८ मत पाउँदा राप्रपाका नवराज पनेरूले ५३ मत पाएका छन्। यहाँ एमालेका असारू राजबंशीले ४५ मत पाएका छन्।
यस्तै उपमेयरमा पनि गठबन्धनका शिवकुमार राजभण्डारीले ८१ मत पाएका छन्। माओवादी केन्द्रका भण्डारीलाई राप्रपाकी राधा कार्कीले ४७ मत ल्याएर पछ्याइरहेकी छन्।