संखुवासभाको मादी नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।
एमालेका मेयर उम्मेदवार जीवन लिन्थेपले २०४ मत पाएका छन्। उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दावा शेर्पाले १६० मतसहित पछ्याइरहेका छन्।
यस्तै उपमेयरमा पनि एमालेले अग्रता लिएको छ। एमालेका सुनिता देवी भट्टराईले १९५ मत पाएकी छन्। उनलाई गठबन्धनका तर्फबाट कांग्रेसकी उपमेयर उम्मेदवार पासाङ शेर्पाले १८९ मतसहित पछ्याइरहेका छन्।