बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ।
शनिबार बिहानबाट सुरू भएको मतगणनामा ६०० जनामा एमालेले अग्रता लिएको हो।
नगरपालिकाको वडा १ र ११को ६ सय मतगणना गरिएको हो। सो मत गन्दा मेयरमा एमालेले २९३ मत ल्याएर अग्रता लिएको हो।
कांग्रेसका उम्मेदवारले २५२ मत ल्याएका छन्।
यस्तै उपमेयरमा पनि एमालेका उम्मेदवार अग्रस्थानमा छन्। एमालेले २६६ मत पाएको छ। कांग्रेसले २७०, नेकपा (एकीकृत समाजवादी)ले ११ र राप्रपाले ४ मत ल्याएका छन्।
मतगणना जारी छ।