मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
विष्टले ६८९ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरूङले १८५ मत पाएका छन्।
यस्तै उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरूङ विजयी भएकी छिन्। उनले ६४१ मत पाइन्। नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छिन्।
२०७४ सालको चुनावमा विष्ट स्वतन्त्र उम्मेद्वार भएरै चुनाव जितेका थिए। पछि नेकपा (एमाले) प्रवेश गरेका हुन्।
उनले २०७४ को चुनावमा प्रतिस्पर्धी नेपाली कांग्रेसका तेन्जिङ छिरिङ गुरूङलाई ५ सय ५२ मतान्तरले हराएका थिए। निर्वाचन आयोगको तथ्यांकअनुसार विष्टले ७ सय ५५ र गुरुङले २ सय ३ मत पाएका थिए।