नुवाकोटको म्यागङ गाँउपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।
वडाध्यक्षमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले बताए। उनकाअनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरे।
वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३, माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो।