सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएको छ।
त्यहाँ शनिबार बिहानदेखि मतगणना सुरू भएको हो। ३०० जनाको गणना गर्दा माओवादी केन्द्रले अग्रता लिएको हो।
अध्यक्षमा माओवादीले १२८ मत ल्याएको छ। ९० मत ल्याएर एमाले दोस्रो स्थानमा छ। नेपाली कंग्रेसले ५७ मत ल्याएर तेस्रो स्थानमा छ।
त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेस पहिलो स्थानमा छ। नेपाली कांग्रेसले १२७ मत ल्याएको छ। एमालेले ७९ मत ल्याएको हो।
नेकपा एकीकृत समाजवादीले ५९ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।