संखुवासभाको खाँदबारी नगरपालिकामा कांग्रेसको अग्रता कायमै राखेको छ।
३०० मत गन्दा प्रमुखमा महेश थपलियाले २०३ मतसहित अग्रता बढाएका छन्। यस्तै नेकपा एमालेका जितबहादुर घिमिरेले ७६ मत पाएर पछ्याइरहेका छन्।
उपप्रमुखमा एमालेका महेश्वरा श्रेष्ठ र माओवादीका दिब्यराज बरालको कडा टक्कर छ। दुबैले समान ११८-११८ मत पाएका छन्।
खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो।