रूपन्देहीको देवदहमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन्।
वडा १ मा २०० मत गणना गर्दा नेकपा एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन्।
उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले अग्रता लिएकी छन्। गुरूङले ५८ मत ल्याउदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन्।
अग्रता लिएका केसी र गुरूङ यसअघिका पनि देवदहका निर्वाचित मेयर उपमेयर हुन्।