संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ।
खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
खाँदबारी नगरपालिकाको प्रारम्भीक मतगणना अनुसार नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ।
२०० मत गन्दा प्रमुखमा महेश थपलियाले सुरूआती अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका जितबहादुर घिमिरेले ४९ मत पाएर पछ्याइरहेका छन्।
उपप्रमुखमा एमालेका महेश्वरा श्रेष्ठ र माओवादीका दिब्यराज बरालको कडा टक्कर छ। दुबैले समान ७७-७७ मत पाएका छन्।
खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो।