नुवाकोटको विदुर नगरपालिकाको मतगणना सुरू भएको छ।
प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् भने एमालेका उम्मेदवार पछिपछि रहेका छन् .
राजन श्रेष्ठले २४ भोट ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका उम्मेदवार सन्जु पण्डितले १९ भोट ल्याएर उनलाई पछ्याइरहेका छन् ।
त्यस्तै नगरपालिका उपप्रमुखमा भने एमालेको अम्बिका पौडेलले अग्रता लिएकी छन् । १३ भोट ल्याएकी पौडेलले माओवादी केन्द्रकी उम्मेदवार प्रभा बोगटीलाई १ भोटले पछि पारेकी छन्। बोगटीले १२ भोट ल्याएकी छन् ।
नुवाकोटको विदूरमा काँग्रेस र माओवादीको गठबन्धन रहेको छ भने एमाले एक्लै भिडन्तमा छ।