मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी भएका छन्। उनी यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार घलेले ३२० मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार छिरिङध्वर्जे लामाले २७९ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी एमाले उम्मेदवार आशकुमारी गुरूङले २७४ मत ल्याइन्।