शुक्रबार भएको स्थानीय तह निर्वाचनको पहिलो नतिजा मनाङको नार्पाभूमि गाउँपालिकाबाट आएको छ।
यहाँ नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १ सय ५८ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएको चामेका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। अन्तिम मतपरिणामसहितको सूचना नार्पाभूमि गाउँपालिकाबाट आफूलाई आएको उनले बताए।
कोन्जो तेन्जिङका निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन्।
कोन्जो तेन्जिङ यसअघि पनि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष थिए। उनी २०७४ को निर्वाचनमा निर्विरोध निर्वाचित भएका थिए।