विराटनगर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरू हुने भएको छ।
मतगणना स्थलमा बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए।
विराटनगरमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन्। एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको छ।
प्रदेश नम्बर १ को यो राजधानी सहरमा विराटनगरमा १ लाख ३३ हजार १ सय ४२ मतदाता छन्।