मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेको अग्रता कायमै छ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार पालिकाका तीनवटा वडाको मत गणना भइसकेको छ।
उक्त गाउँपालिकामा पाँचवटा वडा छन्। वडा नम्बर ४ को गणना पनि सुरू भएको खनालले जानकारी दिए।
पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म २२२ मत प्राप्त गरेका छन्। घले यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए।
त्यस्तै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङध्वर्जे लामाले १८८ मत प्राप्त गरेका छन्।
दुई वडासम्म मतगणना गर्दा उपाध्यक्षमा पनि एमालेकै अग्रता थियो। तर तीन वडाको मत गनिसक्दा उपाध्यक्षमा कांग्रेसले झिनो मतले अग्रता लिएको छ। कांग्रेसबाट उपाध्यक्ष उम्मेदवार मिङ्मार ढोमा लामाले २०७ मत प्राप्त गरेकी छन्।
त्यस्तै एमालेबाट उपाध्यक्ष उम्मेदवार आशकुमारी गुरूङले २०५ मत प्राप्त गरेकी छन्।
मतगणना भएका वडाहरूको वडाध्यक्षसहित सदस्यहरू निर्विरोध भएका थिए।
शनिबार बिहानसम्म मतगणना सकिने अनुमान रहेको पनि मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए।